सेयर बजार : साताको पहिलोदिन १३.७० अंकले गिरावट

काठमाडौं । आइतबार १३.७० अंकको गिरावट आएको छ । समग्रमा बजार १.१२ प्रतिशतले घटेको हो । यस दिन ५६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा १ सय ५४ कम्पनी सामेल थिए । 

अन्य समुह ४.२३ अंकले बढेको छ भने बाँकी रहेका सबै समुहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बिमातर्फ ८७.५२ अंकको गिरावट छ भने नीर्जिबन बिमातर्फ ६५.३९ अंकको गिरावट छ ।

आज सबैभन्दा बढी माछापुछ्रे बैंकको संस्थापक सेयरको कारोबार भएको छ । यसको मात्र १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । 

यता दोस्रो बढी कारोबार हुनेमा निर्धन उत्थान बैंकको संस्थापक सेयर रहेको छ । यसको ११ करोड ८ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?