रियलको सिजनको पहिलो हार

लोकपथ
91
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ । शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको हो ।

यसअघि रायोले खेलका अग्रता लिएको थियो । रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो । १३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ । मड्रिडको ३२ अंक छ ।

बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक–एक गोल गरेका थिए । रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरेपनि हार टार्न सकेनन् ।

अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?