२१ माघ २०७९, शनिवार

कर्णालीका तीन जिल्लाका चुनावी सभालाई ‘प्रचण्ड’ ले सम्बोधन गर्ने

२०७९,कार्तिक,२२,मंगलवार ००:०७

36
Shares

कालीकोट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णालीका तीन जिल्लाका चुनावी सभालाई मङ्गलबार सम्बोधन गर्ने भएका छन् ।

कालीकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारूढ गठबन्धन दलले आयोजना गर्ने चुनावीसभामा अध्यक्ष दाहालसहित अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल मङ्गलबार बिहान ९ बजे सुर्खेत आउने, सुर्खेतबाट ९ः५० बजे जुम्ला, जुम्लाबाट हुम्लाको सर्केघाटमा ११ः१० मा जाने तालिका रहेको माओवादी केन्द्रका नेता मनऋषि धितालले बताए ।

यसैगरी सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १ः३० मा कालीकोटमा मान्म र रास्कोटमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका कालीकोटका सभापति अम्मबहादुर शाहीले बताए ।

‘माओवादी केन्द्रका अध्यक्ष र नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले सम्बोधन गर्ने कार्यक्रम रहेको छ’, उनले भने, ‘जिल्ला सदरमुकाम मान्म बजार र रास्कोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्नुहुनेछ ।’

प्रकाशित मिति: २०७९,कार्तिक,२२,मंगलवार ००:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई महिने पार्टी संगठन सुदृढीकरणको अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

ताजा समाचार