एमालेले जनताको शिर झुकाउने गरी काम गर्ने छैन : पोखरेल

लोकपथ
65
Shares

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका उनले आज वडा नम्बर ४ का मतदातासँग मत माग्ने क्रममा एमालेका उम्मेदवार तथा कार्यकर्ताले काम गर्दा आजसम्म शिर झुकाउने गरी काम नगरेको र आगामी दिनमा पनि नगर्नेमा ढुक्क हुन मतदाता समक्ष आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देश विकास गर्ने र जनताको भरोसाको पार्टी एमाले मात्रै भएको पार्टीलाई जिताउन आग्रह गर्दै भने, ‘सबैलाई थाहा भएकै कुरा हो, देशको रक्षा गर्ने र नेपाली जनताको भरोसाको पार्टी भएकाले हो, आफ्नो मतादातालाई न्याय हुने गरी काम गर्छु ।’

उनले आफूले निर्वाचनमा विजयी भएर युवाहरूको विशेष कार्यक्रम ल्याएर अगाडि बढाउने र मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रले सिर्जना गर्ने ‘फण्डा’ बाट प्रभावित नहुन मतदातालाई आग्रह गर्दै आफूलाई लागेको कुरा आफूलाई प्रष्ट बताउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?