कांग्रेस सभापति देउवा नेता कार्यकर्ता भेटघाटमा व्यस्त

लोकपथ
0
Shares
sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]kfnL sFfu|];sf ;efklt z]/axfb’/ b]pjf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

धनगढी । धनगढीस्थित आफ्नो निजी निवासमा रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका छन् ।

आसन्न मंसिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेल्धुराको प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले निवासमा नेता कार्यकर्तालाई बोलाएर भेटघाट र छलफललाई तीव्रता दिएका हुन् ।

चुनावी प्रचारका लागि आफ्नो गृह जिल्लामा भएका सभामा सहभागी भएर आइतबार धनगढी फर्किएका प्रधानमन्त्री देउवाले खासगरी टिकट वितरणपछि असन्तुष्ट नेता कार्यकर्तासँग भेटघाट गरिरहेका हुन् । भेटघाटका क्रममा देउवाले आसन्न चुनावी अवस्थाका विषयमा जानकारी लिइरहेबा छन् ।

देउवाले आज आफूसँगको भेटमा उम्मेदवारी निस्क्रिय पारेर पार्टी र सत्ता गठबन्धनको पक्षमा लाग्न आग्रह गरेको कांग्रेसका नेता गोविन्दराज जोशीले बताए । उनले भने, ‘सभापतिले आज मलाई बोलाएर स्वतन्त्र नलड, पार्टीमा फर्किएर काम गर भन्नुभयो, मैले धेरै अगाडि बढिसकेकाले चुनाव लड्न दिनुस् भनेँ ।’

जोशीले कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट कांग्रेसका युवा नेता लक्ष्मण शाही पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का अमरबहादुर साउदलाई टिकट दिएको छ ।

कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) को प्रतिनिधिसभा सदस्यमा कांग्रेसले नेता डिल्लीराज पन्तलाई टिकट दिएको छ भने पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार छन् । पाँच वर्षअघिको निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहनुभएकी कांग्रेस नेत्री डा.आरजु राणा देउवालाई अन्तरघात गरेर पराजित गरेको भन्दै कांग्रेसका नेता रहेका ओझा पार्टीको कारबाहीमा परेका थिए ।

अहिले ओझाको पक्षमा कतिपय नेता कार्यकर्ता लागेपछि पार्टी सभापति देउवाले नेता कार्यकर्तालाई मनाउने कोसिस गरिरहेका हुन् । क्षेत्र नं ५ कै प्रदेशसभा (२) मा कांग्रेस नेता प्रकाश देउवालाई टिकट दिइएको छ । प्रदेशसभाको यसै क्षेत्रबाट कांग्रेसका युवा नेता क्षितिज भण्डारीले पार्टीबाट राजीनामा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैबीच प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?