सँगै बसेर मापसे गरेका छोराले पिर्का प्रहार गर्दा बुबाको मृत्यु, छोरा पक्राउ

लोकपथ
52
Shares

रोल्पा । आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका–४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्तिलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा संदिपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको हो ।

संदिपले आफ्ना बुवाको हत्या गरेको भन्ने सूचना प्राप्त गरे लगत्तै प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हाल प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?