राष्ट्र बैंकले पुनः जारी गर्‍यो १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल

लोकपथ
13
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवार पुुनः १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ । बैंकले आज अपरान्ह दुई बजे उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न गरेको हो ।

कात्र्तिक २२ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको ६ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ मंसिर २० गते, २०७९ माघ २४ गते र २०८० बैशाख २६ गते तोकिएका छन् । ट्रेजरी हरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

राष्ट्र बैंकले यसअघि यही कात्र्तिक १४ गते पनि १६ अर्ब ६६ कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?