गठबन्धनका कारण जित सुनिश्चित भइसक्योः ओनसरी घर्ती

लोकपथ
39
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन्।
सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताएकी छन् । नेतृ घर्तीको टिमले आज काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरुसँग भेटघाट गरेको थियो । उनले आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिवद्धता मात्रै लिएर उपस्थित भएको बताएकी छन्।
उनले भनिन,‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिवद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौं । जे बोल्छौं, त्यो गर्छौं । आज हामी वाम लोकतान्त्रिक गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ । घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ । कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ । हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महशुस गरिरहेका छाै। हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?