१४ मङ्सिर २०८०, बिहीवार

कांग्रेसका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र फाइनल, को- कहाँबाट लड्दै ?

२०७४,कार्तिक,२,बिहीवार ०१:४४

9
Shares

काठमाडौं, २ कात्तिक -कांग्रेसले प्रधानमन्त्रीसहित केही शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगो लगाएको छ । कांग्रेसको उम्मेदवार छनोट गर्न बनेको संसदीय समितिको बुधबार बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहितका केही शीर्ष नेतृत्वको निर्वाचन क्षेत्र टुंगो लगाएको हो ।राजधानी दैनिक लेख्छ- एक संसदीय समिति सदस्यका अनुसार पार्टी सभापति देउवा डडेलधुराबाट चुनाव लड्ने निश्चित भएको छ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने भएका छन् । २०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी पौडेल २०५१ को निर्वाचनदेखि निरन्तर तनहुँ २ बाट विजयी बन्दै आएका छन् । त्यस्तै, महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्ने टुंगो लागेको छ । विमलेन्द्र निधि धनुषा ३ बाट उठ्ने सम्भावना छ ।शिक्षामन्त्रीसमेत रहेका नेता गोपालमान श्रेष्ठ स्याङ्जा २ र हालै कांग्रेससँग पार्टी एकता गरेका विजयकुमार गच्छदार सुनसरी ३ बाट उम्मेदवार बन्ने भएका छन् । नेता शेखर कोइराला मोरङ ६ बाट निर्वाचनमा सहभागी हुने पक्का भएको छ । डा. मिनेन्द्र रिजाल मोरङ २ बाट र नेता महेश आचार्य ४ बाट उठ्ने भएका छन् । मोरङ ५ बाट भने अमृत अर्याल सहभागी हुने भएका छन् ।यसैगरी डा. रामशरण महत नुवाकोट १ बाट र नेता अर्जुननरसिंह केसी नुवाकोट २ बाट निर्वाचनमा सहभागी हुने भएका छन्् । काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह प्रतिनिधिसभामा सहभागी हुने भएका छन्् । उनी यसअघिका निर्वाचनमा पनि काठमाडौं १ बाटै निर्वाचित हुँदै आएका छन् ।काठमाडौं २ बाट दीपक कुइँकेल, काठमाडौं ३ बाट अम्बिका बस्नेत, काठमाडौं ४ बाट गगन थापाको टुंगो लागेको छ । थापा दोस्रो संविधानसभा निर्वाचनमा पनि काठमाडौं ४ बाटै विजयी भएका थिए ।काठमाडौं ५ बाट प्रकाशशरण महत र ६ मा रक्षामन्त्री भिमसेनदास प्रधान सहभागी हुने भएका छन् । संविधानसभा दोस्रो निर्वाचनमा फराकिलो मतान्तरले एमाले सचिवसमेत रहेका योगेश भट्टराई र माओवादीका हिमाल शर्मालाई पराजित गरेका प्रधानलाई नै सो क्षेत्रबाट उम्मेदवार बनाइने भएको हो ।काठमाडौं ७ का विषयमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागेको छैन । क्षेत्र ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र काठमाडौं १० बाट युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी चुनाव लड्नेछन्् । केसीले संविधानसभा दोस्रो निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सो क्षेत्रबाट पराजित गरेका थिए ।त्यस्तै, सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्की र १ बाट मीन विश्वकर्मा उम्मेदवार बन्ने भएका छन् । झापा १ बाट युवा नेता विश्वप्रकाश शर्मा, आनन्दप्रसाद ढुंगाना धनुषा १ बाट उम्मेदवार हुने सम्भावना छ ।कांग्रेसले जिल्लाबाट आएको सिफारिसको आधारमा उम्मेदवार छनोट गर्न २२ सदस्यीय समिति बनाएको थियो । सो समिति अहिले पनि उम्मेदवार विषयमा छलफल प्रक्रियामै छ ।कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले पहिलो चरणमा शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगो लगाइएको जानकारी दिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार ०१:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८