मस्को जाँदै भारतीय विदेशमन्त्री एस जय शंकर

लोकपथ
56
Shares

काठमाडौं । दुई दिने द्वीपक्षीय भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जय शंकर रुस प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा विदेशमन्त्री जय शंकरले रुसी समकक्षीलगायतका नेतासँग भेटवार्ता गर्न भएका छन् । “परराष्ट्र मन्त्रीले रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई भेट्ने छन्। छलफलमा द्विपक्षीय मुद्दाका साथै विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रममा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ’, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने ।

विदेशमन्त्री जय शंकरले मंगलबार उपप्रधानमन्त्री, व्यापार तथा उद्योग मन्त्री डेनिस मान्तुरोभ र रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तर, उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने वा नगर्ने भन्ने स्पष्ट भइसकेको छैन ।

बालीमा यही नोभेम्बर १५ देखि १६ सम्म हुने जी २० सम्मेलनको पूर्वसन्ध्यामा जय शंकर रुसको भ्रमण गरेका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?