एनआईसी एशिया लघुवित्तको खुद मुनाफा छ करोड ५७ लाख

लोकपथ
49
Shares

काठमाडाैँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ५७ लाख ९५ हजार दुई सय ९९ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २० करोड ६७ लाख ७५ हजार एक सय ७४ रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैंयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा तीन अर्ब ३६ करोड १४ लाख ३० हजार सात सय ४५ रुपैंयाँ निक्षेप संकलन गरी २१ अर्ब ५५ करोड ९८ लाख ३६ हजार सात सय तीन रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड दुई लाख ५७ हजार एक सय ६५ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७२ प्रतिशत स्प्रेड दररहेको संस्थाको वितरणयोग्य नाफा भने २६ लाख २० हजार तीन सय २९ रुपैंयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ३५ करोड २६ लाख ६५ हजार नौं सय ४४ रुपैंयाँ निक्षेप संकलन गरी २१ अर्ब ४२ करोड ९२ लाख एक हजार ६२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४२ करोड ११ लाख ९५ हजार चार सय ४२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थाको एक दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर आठ दशमलव ४३ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?