कुमारी बैंकको आज एजीएम, लाभांश वितरण मुख्य एजेन्डा

लोकपथ
104
Shares

काठमाडाैँ । कुमारी बैंकको २२औं वार्षिक साधारणसभा साेमबार बस्दैछ । सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । साथै,सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिबाट गठित मर्जर समितिले गरेको कार्य अनुमोदन गर्ने एजेन्डा छ । साथै, सभाले नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ति गर्नेलगाएत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेकाले यसको कारोबार रोक्का रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?