२१ माघ २०७९, शनिवार

अमेरिका र दक्षिण कोरियालाई सैन्य कारबाही गर्ने प्योङयाङको चेतावनी

२०७९,कार्तिक,२१,सोमवार ११:०५

63
Shares

काठमाडाैं । उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई ‘खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास’ को रूपमा वर्णन गर्दै ती देशलाई ‘दीगो, दृढ, र भारी’ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ।

उक्त अभ्यासलाई कोरियाली जन सेनाका जनरल स्टाफले ‘उत्तर तर्फ जानाजानी तनाव बढाउने उद्देश्यले गरिएको खुला उत्तेजना’ भनेका छन् । उनले त्यसलाई ‘आक्रामक प्रकृतिको खतरनाक युद्ध अभ्यास’ समेत भनेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

रोयटर्सका अनुसार यो चेतावनी उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको बीचमा आएको छ । अमेरिका र दक्षिण कोरियाबीचको सबैभन्दा ठूलो वायुसेना अभ्यास समाप्त भएको भोलिपल्ट उत्तरले  चार ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो ।

एजेन्सी ।

प्रकाशित मिति: २०७९,कार्तिक,२१,सोमवार ११:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

काठमाडौं । श्रीलङ्काले आफ्नो ७५ औँ स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

ताजा समाचार