अभिनेता निखिल उप्रेती एमालेको चुनावी प्रचारमा

लोकपथ
13
Shares

काठमाडौँ । अभिनेता निखिल उप्रेती पनि अहिले चुनावी प्रचारमा खटिएका छन् । पछिल्लाे समय अध्यात्म रोजेर फिल्मी अभिनयबाट टाढा रहँदै आएका निखिल सर्लाही क्षेत्र नं ३ का एमाले उम्मेदवार हरिप्रसाद उप्रेतीलाई भोट मागी रहेका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उप्रेती उनका दाइ हुन् । उनी केही समययता सर्लाही नै बसेर दाइको चुनावी गतिविधिमा  सहयोगी बन्दै आइरहेका छन् । चुनाव प्रचारको क्रममा निखिलले राम्रो काम गर्नेलाई भोट दिनआग्रह गर्दै आइरहेका छन् ।

‘दाइको चुनावी अभियानमा साथ दिन म पनि हिँडेको छु । म हिँड्नुको पछाडि चुनाव मात्र होइन, मेरो अभियान पनि दर्शकसँग जाेडिएकाे छ’ तपाईंहरूले फिल्म हेरिदिएकाेले म निखिल उप्रेती भएको हुँ । त्यसैले मेरो बाँकी जीवन दर्शकहरूको दुःख र पीडामा मल्हम बन्नेछ,” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?