प्रजननबारे अध्ययन गर्न चीनले अन्तरिक्षमा बाँदर पठाउने

लोकपथ
52
Shares
Rhesus Macaque (Macaca mulatta) head portrait, Keoladeo Ghana / Bharatpur NP, Rajasthan, India

काठमाडौं । चीनले तियाङगोङ अन्तरिक्ष स्टेसनमा बाँदरहरू पठाउने योजना गरिरहेको बताइएको छ । शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरु कसरी प्रजनन गर्छन र हुर्कन्छन भन्ने अध्ययन गर्न चीनले अन्तरिक्षमा बादर पठाउन लागेको हो ।

वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार यो प्रयोग अन्तरिक्ष स्टेसनको सबैभन्दा ठूलो मोड्युलमा गरिनेछ, जुन मुख्यतया जीवन विज्ञानमा प्रयोग गरिन्छ ।

माछा र शंखे किराजस्ता साना जीवहरूको अध्ययन गरेपछि ‘अब मुसा र बाँदरहरू अन्तरिक्षमा कसरी हुर्कन्छन वा प्रजनन गर्छन भन्ने बारे केही अध्ययनहरू गरिने’, झाङले बताए । उनी विश्वास गर्छन कि यी प्रयोगहरूले सूक्ष्म गुरुत्वाकर्षण र अन्य अन्तरिक्ष वातावरणमा जीवको अनुकूलनको सुधार गर्न मद्दत गर्नेछ ।

तर, प्रतिवेदनअनुसार विज्ञहरूले मुसा र अन्य जीवजन्तुहरूमा यस्तो अध्ययन गर्न अझै धेरै कठिनाइहरू रहेको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?