नेयमारको गोलमा पिएसजी विजयी

लोकपथ
208
Shares

काठमाडौं । स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरिएन्टलाई २–१ अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।

५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १–१ को बराबरी गर्‍यो । ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए । जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा छ । लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?