१९ मङ्सिर २०७९, सोमवार

NULL

२०७४,कार्तिक,२,बिहीवार ०१:३८

0
Shares

माओवादी मन्त्रीले तिहार मानेर राजीनामा दिनेकाठमाडौं, २ कात्तिक- नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् ।यसअघि २९ असोजमा समानुपातिकतर्फ मनोनयन सम्पन्न भइसकेको छ भने ५ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन भएसँगै निर्वाचनको सुनिश्चितता हुने भन्दै त्यसलगत्तै राजीनामा दिने तयारी माओवादी मन्त्रीहरूको छ । माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनको सुनिश्चितता हुनासाथ माओवादी मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने बताइन् ।माओवादी केन्द्रका मन्त्रीले मंगलबार नै राजीनामा दिएर सरकारबाट बाहिरिने तयारी गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन मिति पछि सार्ने कदम चाल्न लागेको आशंका गर्दै अन्तिम समयमा राजीनामा दिनबाट पछि हटेका थिए । बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले आफूहरूलाई सरकारमा बस्न कति पनि मन नभएको भन्दै ५ कात्तिकसम्म मात्र सरकारमा बस्ने बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार ०१:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८