नबिल र एनअार्इसी एसिया बैंकले मागे शेयर ब्रोकर लार्इसेन्स

काठमाडाैं : चालु अार्थिक बर्षको माैद्रिक नीतिमा उल्लेखित व्यवस्थाअनुसार नबिल र एनअार्इसी एसिया बैंकले शेयर ब्रोकरका लागि सहायक कम्पनी स्थापना गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेका छन् । यी दुर्इ बाणिज्य बैंकले शेयर ब्रोकरका लागि लार्इसेन्स मागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । 

चालु आर्थिक वर्ष २०७५–७६ को मौद्रिक नीतिमा वाणिज्य बैंकहरुलाई सहायक कम्पनी स्थापना गरी ब्रोकरको काम गर्न अनुमति दिन सकिने व्यवस्था छ । बैंकहरूलार्इ सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न दिनेबारे राष्ट्र बैंकले नीति तथा कार्यविधी बनाउनुपर्छ । हालसम्म यस्तो कार्यविधी तयार भर्इसकेको छैन । 

माैद्रिक नीतिको व्यवस्थाअनुसार दुर्इवटा बैंकहरूले सहायक कम्पनी स्थापनाका लागि अनुमति मागेकाले अब यो नीति छिट्टै तयार गरि कार्यान्वयनमा ल्यार्इने केन्द्रीय बैंकका अधिकारीहरूले बताएका छन् । यी दुर्इ बैंकको सहायक कम्पनी भएपनि निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्टरको काम मात्र गरिरहेको छ । हालको व्यवस्थाअनुसार यी काम गर्ने कम्पनीहरूले शेयर दलालको काम गर्न पाउँदैनन् । 

बैंकहरूलार्इ शेयर दलालको लार्इसेन्स दिँदा नेपालको शहरकेन्द्रीत पूँजीबजार ग्रामीण क्षेत्रमा समेत विस्तार हुने अपेक्षा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?