मौसम : पश्चिमी वायुको प्रभावले सामान्य बदली रहने

लोकपथ
78
Shares

काठमाडौं । देशभर आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ ।

प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?