कांग्रेसको सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप

लोकपथ
52
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत रहेको निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको संयोजकत्वमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा आज तीन सय ७३ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सूचना सङ्कलन तथा अनुगमन गर्नका लागि निर्माण गरिएको उपसमितिको सहसंयोजकमा कांग्रेस केन्द्रीय कार्यालयका पूर्वमुख्यसचिव डा.शोभाकर पराजुली र सदस्यसचिवमा अधिवक्ता लक्ष्मी दाहाल रावललाई जिम्मेवारी दिएको छ ।

कांग्रेसले यसअघि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?