लोकपथ टप फिप्टिन : उम्मेदवार जेल चलान भएदेखि निर्वाचन आयुक्त थपलियाको चेतावनीसम्मका खबर (भिडियोसहित)

लोकपथ
35
Shares

१. मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाई, मतदातालाई प्रभाव पार्ने दुस्प्रयास गरे सम्बद्ध दल वा व्यक्तिलाई नै कानुन बमोजिम कारबाही गर्ने चेतावनी ।

२. राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नम्बर २ की उम्मेदवार विद्यादेवी शर्मालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाँकेको आदेश, सरकारी कागजात किर्ते तथा ठगी आरोपमा पक्राउ परेकी शर्मालाई बर्दिया कारागारमा राखियो ।

३. आगामी मंसिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको दाबी, संविधानको रक्षा र देशको विकास गर्नका लागि दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको भनाइ ।

४. चुनावको भण्डाफोर गर्ने भन्दै विप्लव नेतृत्वसहितका तीन बामपन्थी पार्टीद्वारा बहिस्कारका कार्यक्रम घोषणा, २४ गते काठमाडौं, २६ गते बुटवल र इटहरी, २८ गते पोखरा र बर्दिबास, ३० गते सुर्खेत र धनगढीमा विरोध कोणसभा आयोजना गर्ने तयारी ।

५. सर्वोच्च अदालतद्वारा ‘नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी, कात्तिक २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाइयो ।

६. काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश (ख) का उम्मेदवार प्रकाश फुयाँलको उम्मेदवारी निस्किृय पारेर कांग्रेसका विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने माओवादी केन्द्रको निर्णय, गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनुपर्ने भन्दै फुयाँलको उम्मेदवारी निष्क्रिय पारेको माओवादीको भनाइ ।

७. संविधानको रक्षाका लागि बनेको गठबन्धन सफलताका साथ अघि बढिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको जिकिर ।

८. नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने सप्तरीका १९ वर्षीय सुमित कुमार थापा पक्राउ, पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गरी धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिएको आरोप, विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुने ।

९. पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना कोरोना संक्रमण मुक्तहुँदा सक्रिय संक्रमितको संख्या ५७० पुग्यो ।

१०. साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली, नेप्से परिसूचक ४३.२० अंकले वृद्धि, कारोबार रकम डेढ अर्ब भन्दा माथि ।

११. जलवायु परिवर्तन शिखर सम्मेलन कोप(२७) इजिप्टमा सुरू हुँदै, सम्मेलनमा भाग लिनका निम्ति १ सय २० राष्ट्रबाट ३० हजार भन्दा बढी प्रतिनिधि सारम अलशेख सहरको रेड सि रिसोर्टमा भेला, अधिकारकर्मीबाट प्रदर्शनको तयारी ।

१२. अमेरिकामा नोभेम्बर ८ मा हुन लागेको मध्यकालीन निर्वाचनमा डेमोक्र्याटले हार्ने प्रक्षेपण सार्वजनिक, चुनावबाट रिपब्लिकनले बहुमत ल्याउने सर्वेक्षणहरूको दाबी, डेमोक्र्याट जोगाउन ओबामा र बाइडेन सँगसँगै ।

१३. उत्तर कोरियाद्वारा शनिबार दक्षिण कोरियाको समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार, उक्त प्रहार आक्रामक र उत्तेजक भएको दक्षिण कोरियाको भनाइ ।

१४. अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा गुु्रप ए बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड तथा गुु्रप बी बाट भारत र पाकिस्तान सेमिफाइनल प्रवेश, फाइनल प्रवेशका लागि पाकिस्तान इंग्ल्यान्डसँग र भारत न्युजिल्यान्डसँग खेल्ने ।

१५. र, त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ६९ रनले हरायो, जितसँगै आर्मीको सेमिफाइनल सम्भावना बलियो ।

https://www.facebook.com/lokpath/videos/8309212605815603

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?