१४ मङ्सिर २०८०, बिहीवार

माओवादी मन्त्रीले तिहार मानेर राजीनामा दिने

२०७४,कार्तिक,२,बिहीवार ०१:३८

0
Shares

काठमाडौं, २ कात्तिक- नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् ।यसअघि २९ असोजमा समानुपातिकतर्फ मनोनयन सम्पन्न भइसकेको छ भने ५ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन भएसँगै निर्वाचनको सुनिश्चितता हुने भन्दै त्यसलगत्तै राजीनामा दिने तयारी माओवादी मन्त्रीहरूको छ । माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनको सुनिश्चितता हुनासाथ माओवादी मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने बताइन् ।माओवादी केन्द्रका मन्त्रीले मंगलबार नै राजीनामा दिएर सरकारबाट बाहिरिने तयारी गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन मिति पछि सार्ने कदम चाल्न लागेको आशंका गर्दै अन्तिम समयमा राजीनामा दिनबाट पछि हटेका थिए । बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले आफूहरूलाई सरकारमा बस्न कति पनि मन नभएको भन्दै ५ कात्तिकसम्म मात्र सरकारमा बस्ने बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार ०१:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१