२ लाख ६९ हजार कित्ता आइपीओ ल्याउन स्पर्श लघुवित्तको साधारणसभा अाज

काठमाडौं : कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्तले २ लाख ६९ हजार कित्ता प्राथमिक शेयर (अार्इपीअो) जारी गर्ने प्रस्तावसहित अाज साधारणसभा अायोजना गर्दैछ ।

कम्पनीले २ करोड ६९ लाख ६३ हजार रूपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता अार्इपीअो निष्काशन गर्न लागेको हो । साधारणसभामा कम्पनीको नियमावली समेत संशोधन गर्ने कार्यसूची छ । 

१५ वटा शाखामार्फत पश्चिमका १० वटा जिल्लामा लघुवित्त सेवा विस्तार गरिरहेको स्पर्शले अाज बस्ने साधारणसभाबाटै अाफ्नो कार्यक्षेत्र थप विस्तार गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

अार्इपीअो निष्काशनपछि यो लघुवित्तको जारी पूँजी ८ करोड २९ लाख ६३ हजार रूपैयाँ पुग्नेछ। साधारणसभा पोखरास्थित होटल बाराहीमा बिहान ११ बजेबाट शुरू हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?