काठमाडौँ- सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहेको बेला निजी क्षेत्रले समेत त्यसमा चासो व्यक्त गरेको छ । तत्कालै नीतिगत व्यवस्था भए चार्जिङ स्टेशन बनाउन आफूहरु तयार रहेको निजी क्षेत्रको भनाइ छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले सरकारले वातावरण बनाइदिए आफूहरु आगामी ६ महिनाभित्रै चार्जिङ स्टेशन जडान गरी सञ्चालनमा ल्याउने स्पष्ट पारेको छ ।
इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले विद्युतीय सवारी साधनप्रति आम नागरिकको चासो बढ्दै गएको सन्दर्भमा सरकारले नीतिगत व्यवस्था र लगानी फिर्ता हुने वातावरण बनाइदिए आफूहरु स्टेशन निर्माणका लागि तयार रहेकोबताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया