काठमाडाैँ । ‘लौरो अभियान’ सञ्चालन गरिरहेको हाम्रो नेपाली पार्टीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
सुमन सायमी संयोजक रहेको हाम्रो नेपाली पार्टीको लौरो अभियानले आइतबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो। अभियानले अबको विकास दीर्घकालीन निकाशसहित दीर्घकालीन गुरुयोजना बनाएर १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अघि बढ्ने प्रतिबद्धता गरेको छ ।
भ्रष्टाचारीलाई सम्पत्ति राष्ट्रियकरण र जन्मकैदको व्यवस्था गर्ने, बलात्कारीलाई केमिकल क्यारेस्टे्रन गरी नपुंसक बनाउने कानून ल्याउने प्रतिवद्धता पत्रमा उल्लेख छ।
सात वटै प्रदेशमा ७ चक्र निर्माण गरी तराई, पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक मार्ग मनाउने, ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवधारणासहित हरेक सरह र गाउँलाई एक स्वर्गको बगैँचा बनाउने उल्लेख गरेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया