काठमाडौं-६ प्रदेश (ख) का उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय बनाउने माओवादीको निर्णय

लोकपथ
104
Shares

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश (ख) का उम्मेदवार प्रकाश फुयाँलको उम्मेदवारी निस्किृय पार्ने निर्णय गरेको छ । गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनुपर्ने भन्दै माओवादीले फुयाँलको उम्मेदवारी निष्क्रिय गर्दै कांग्रेसका उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने निर्णय गरेको हो ।

यसअघि यहाँ माओवादी र कांग्रेसबीच मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै बेग्लाबेग्लै उम्मेदवारी दर्ता गराएका थिए । यद्यपि, यसो गर्दा गठबन्धनको भावना र मर्मविपरित हुने भन्दै तिमिल्सिनालाई सहयोग गर्न काठमाडौं ६ प्रदेश ख का इन्चार्ज तथा संयोजकलाई निर्देशन समेत दिएको छ ।
आइतबार एक विज्ञप्ती जारी गर्दै भनिएको छ।

”यतिबेला गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनु पर्ने आवश्यक भएकोले हाम्रो पार्टीको तर्फबाट प्रस्तुत गरिएका उम्मेदवार कमरेड प्रकाश फुँयालको उम्मेदवारी निष्क्रिय गरी गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने भन्ने हाम्रो पार्टीको निणर्य भएकोले सोही अनुसार कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिन्छ,” भन्दै पत्र जारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?