साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली

लोकपथ
39
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसुचक उकालो लागेको छ । आज नेप्से परिसुचक २ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४३ दशमलव २० अंकले बढेको नेप्से १ हजार ९ सय ६५ दशमलव ३६ विन्दुमा पुगेर रोकिएको हो ।

साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २ दशमलव १३ प्रतिशतले वृद्धि भइ ८ दशमलव ०९ अंकले बढेर ३ सय ८७ दशमलव ५२ विन्दुमा रोकिएको छ । बिहीवारर भने नेप्से परिसुचकमा ० दशमलव ८३ अंकले घटेको थियो । यस्तै, ३९ लाख १३ हजारभन्दा बढीको सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको छ । माइक्रोफाइनान्स १ सय ९६ दशमलव २, जीवन बिमा ९५ दशमलव ०९, विकास बैंक ९१ दशमलव ०५, हाइड्रो पावर ६६ दशमलव ६८, होटल तथा पर्यटन ६१ दशमलव १८, बैंकिङ ११ दशमलव ३९, ट्रेडिङ ५२ दशमलव ८४, फाइनान्स ६४ दशमलव ६९, निर्जीवन बिमा १ सय ३३ दशमलन २६ र अन्य ५६ दशमलव ७६ अंकले बढेको छ ।

आइतवार १ सय ८६ कम्पनीको कारोबार भएकोमध्ये १ सय ८५ कम्पनीमा वृद्धि भएको छ भने एउटा मात्र कम्पनी घटेको छ । मानुसी लघुवित्त वित्तिय संस्था १ सय ६ दशमलव ३०, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था ३ सय ९ दशमलव ९० र एनइएसडिओ समृद्ध लघुवित्त वित्तिय संस्था २ सय ८८ दशमलव ५० अंकले वृद्धि भएको छ ।

एनइएसडिओ समृद्ध लघुवित्त वित्तियको सेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार कढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?