आलिया बनिन् आमा

लोकपथ
105
Shares

काठमाडौं । अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरलाई पुत्रीलाभ भएको छ। आलियाले आज (आइतबार) एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छोरी जन्मिएपछि आलियाले ‘यो हाम्रो जीवनकै सबैभन्दा उत्कृष्ट समाचार हो । हाम्रो बच्चाको आगमन भएको छ । उनी जादुले भरिएकी छिन् । हामी आधिकारिक रुपमा मायाले ओतप्रोत भएका छौँ । भाग्यमानी आमा-बुवा ।’

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।

आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?