दक्षिण कोरियामा भागदौड : सरकारप्रति युवाहरुको आक्रोश

लोकपथ
49
Shares

काठमाडौं । दक्षिण कोरियामा गत साता ह्यालोविन पर्वका क्रममा भागदौड हुँदा मारिएकाहरुको सम्झनामा पीडितका आफन्त राजधानी सियोलभर भेला भएर शोक मनाएका छन् । सेतो मैनबत्ती र कालो चिन्हहरू समातेका इटावन क्रसका शोकाकुल युवा राजधानीमा भेला भएका हुन् । सरकाप्रति आक्रोश व्यक्त गर्दै उनीहरुले न्यायको माग गरेका थिए ।

२९ अक्टोबरमा इटावन जिल्लामा ह्यालोविन उत्सवको समयमा भागदौड हुँदा १५६ जनाको मृत्यु भएको थियो । भागदौडमा दर्जनौँ घाइते भएका थिए । पीडितमध्ये अधिकांश युवा युवती थिए ।

घटनाको एक हप्ता पछि अधिकारीहरूले नगरपालिका कार्यालय र स्थानीय प्रहरी र दमकल स्टेसनहरूमा छापा मारेर अनुसन्धान सुरु गरेका छन्।
सो घटनाबारे राष्ट्रिय पुलिस प्रमुखले माफी मागेका छन् भने राष्ट्रपति यून सुक–योलले भविष्यमा भीड नियन्त्रण उपायहरू सुधार गर्ने वाचा गरेका छन् । तर सर्वसाधारणको आक्रोश भने थामि नसक्नु छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?