सेलरोटी बेचेरै २ लाख

काठमाडौं, २ कात्तिक- नेपालमा अवसरै पाइएन । काम गर्न त मन थियो । वातावरण नै छैन भन्नेहरूले एकपटक अनामनगरमा रहेको अनिषा खाजाघर पुग्न जरुरी छ । खाजा घरका सञ्चालक अमृत र सरस्वती ढकालले यो तिहारमा सेलरोटी मात्रै २ लाखको बेच्ने लक्ष्य राखेका छन् । ‘पोहोर तिहारमा ७ हजार वटा सेलरोटी बिक्री भएको थियो, यो वर्ष १० हजार बेच्ने लक्ष्य छ,’ अमृतले भने ।प्रतिगोटा २० रुपैयाँको दरले सेलरोटी बेच्ने यी दम्पतीले बुधबार मात्रै १ हजार ५ सय सेलरोटी बिक्री गरे । ‘भोलि र पर्सिलाई निकै माग छ,’ सरस्वतीले देखाइन् । उनीहरू कसलाई, कुन दिन र कति गोटा सेलरोटी आवश्यक पर्छ अघिल्लै दिन अर्डर लिन्छन् र अर्डरअनुसार सेलरोटी बनाउँछन् । ‘सकेसम्म ताजा रोटी खुवाउने उद्देश्य छ, हामी जति अर्डर आउँछ, त्यति नै बनाउछौं,’ अमृतले भने ।१६ वर्षसम्म तत्कालीन मिलन विद्या मन्दिरमा सामान्य जागिर खाएका अमृतले विद्यालयले आर्थिक भार कटौतीको बहानामा अवकाश दिएपछि सेलरोटी व्यवसाय सुरु गरेका थिए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?