चार्ल्स तृतीयले ह्यारी परिवारको उपाधि खोस्न सक्ने

लोकपथ
35
Shares

काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले मेघन मर्केल, प्रिन्स ह्यारी र उनीहरूका छोराछोरीलाई उनीहरूको शाही उपाधि खोस्न सक्ने एक शाही विज्ञले दाबी गरेका छन् । उनीहरूको आगामी पुस्तक र नेटफ्लिक्स शोले शाही परिवारलाई हानि पु¥याएमा उनीहरुको शाही उपाधि खोसिन सक्ने ती विज्ञले दाबी गरेका हुन् ।

प्रिन्स ह्यारीले अर्को वर्ष जनवरी १० मा ‘स्पेयर’ शीर्षकको आफ्नो संस्मरण प्रकाशित गर्ने तयारी गरेका छन् । प्रकाशक पेन्गुइन र्यान्डम हाउसका अनुसार पुस्तकले ‘कच्चा र अटल इमानदारी’ प्रतिज्ञा गरेको छ जसले गर्दा या ‘शाही परिवारको लागि अत्यधिक विनाशकारी’ हुनसक्ने अनुमान गरिएको छ ।

डेली स्टारको अनुसार शाही लेखक टम बोवरले रानी एलिजाबेथको अन्त्येष्टि सेवामा उनीहरूको पुनर्मिलन पछि शाही परिवारका सदस्यहरू बीचको दुश्मनी प्रकट गरे । राजकुमार ह्यारी र उनकी पत्नी मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको जनाइएको ।

प्रिन्स ह्यारीको संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनी क्रिसमसमा उपस्थित नहुने संकेत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?