हाल्यान्डद्वारा सिटीको उद्धार

लोकपथ
49
Shares

काठमाडौं । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एर्लिङ हाल्यान्डको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमलाई शनिबार राति २–१ अन्तरले पराजित गरेको छ । घरेलु मैदान इतिहादमा पहिलो हाफमै १० खेलाडीमा सिमित भएपछि सिटी दबावमा आएको थियो ।

फुलहमले पहिलो हाफमै १–१ गोलको बराबरी गरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले हाल्यान्डलाई मैदान पठाएका थिए । इन्जुरी सयममा पेनाल्टीमा गोल गर्दै हाल्यान्डले जित दिलाए । यस अघि १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा सिटीका जोआओ कान्सेलोले ह्यारी विल्सलाई लडाएपछि फुलहमले पेनाल्टी पायो ।

सिटी १० खेलाडीमा सिमित भयो । सोहि पेनाल्टीलाई २८ औं मिनेटमा आन्द्रेस पेरीराले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए । जितसँगै सिटी १३ खेलबाट ३२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फुलहम १९ अंक जोडेर आठौं स्थानमा रहेको छ । राति भएको अन्य खेलमा एभर्टनलाई लेस्टरले २–० ले, ब्राइटनले उल्भ्सलाई ३–२, लिड्सले बर्नामाउथलाई ४–३ ले पराजित गर्दा नटिंघम फोरेस्टले ब्रेन्फोर्डसँग २–२ गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?