विश्व इतिहासमा आज : कोलिम्बियाको नरसंहारदेखि रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव

लोकपथ
52
Shares

आज ६ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटना :

अस्ट्रेलियामा जनमत संग्रह

सन् १९९९ मा अस्ट्रेलियाको संविधान संशोधन गर्न जनमत संग्रह आयोजना भएको थियो । राष्ट्रपति राष्ट्रप्रमुख हुने प्रावधानसहितको गणतन्त्रमा जान विषयलाई अस्ट्रेलियाली नागरिकले अस्वीकार गरेका थिए ।

११ न्यायाधीशसहित ३०० को मृत्यु

सन् १९८५ मा अप्रिल आन्दोलनका गुरिल्लाहरुले कोलम्बियाको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर ३०० जनालाई बन्धक बनाएका थिए । विद्रोही र सरकारी फौजबीचको लडाइँमा सर्वोच्चका ११ न्यायाधीशसहित १०० जनाको मृत्यु भएको थियो ।

रंगभेदविरुद्ध संकल्प प्रस्ताव

सन् १९६२ मा राष्ट्रसंघको महासभाले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघले सदस्य राष्ट्रलाई रंगभेदको विरुद्धमा उभिन निर्देशन दिएको थियो ।

अमेरिकी राष्ट्रपतिमा अब्राहम लिंकन

आजकै दिन अर्थात ६ नोभेम्बर १८६० मा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको विजयपछि अमेरिकाको रक्तपातपूर्ण गृहयुद्ध र दास प्रणाली विस्तारै अन्त्य भएको थियो । लिंकन अमेरिकाका १६ औं राष्ट्रपति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?