कांग्रेसको प्रवास मिडिया समन्वय तथा प्रचार उपसमितिमा ६१ सदस्य थप

लोकपथ
65
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि गठन गरिएको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको संयोजकत्वमा रहेको कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति आज ६१ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उपसमितिमा थप भएका सदस्यले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विदेशमा बसेर नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा जनमत सिर्जना मिडियामार्फत भूमिका खेल्ने कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसले निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका प्रतिनिधिको प्रचार–प्रसारलाई व्यवस्थित बनाउन पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?