लोकपथ टप फिप्टिन : जसपाको घोषणापत्र सार्वजनिक भएदेखि निर्वाचन विथोले कडा कार्वाही हुनेसम्मका समाचार (भिडियोसहित)

लोकपथ
26
Shares

१. प्रतिनिधि र प्रदेश सभाको निर्वाचन आउन अब १५ दिन मात्र बाँकी, राजनीतिक दलहरु चुनावी अभियानमा व्यस्त, एकअर्का नेता र पार्टीप्रति कटाक्ष ।

२. आगामी निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालले सार्वजनिक गर्यो प्रतिबद्धतापत्र, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव, संविधान संशोधनमार्फत प्रदेशको संख्या १० वटा बनाइनु पर्ने एजेण्डा ।

३. दार्चुलामा पुगेर भाषण गर्दैमा लिम्पियाधुराको भू–भाग नआउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष, भाषण गरेर मात्रै नहुने कुटनीतिक तवरबाट भूमी फिर्ता ल्याउने विश्वास व्यक्त ।

४. निर्वाचनको गतिविधि विथोल्ने समूह एकपछि अर्को थपिँदै, नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहलाई चुनाव बिथोल्ने गतिविधि नगर्न गृहमन्त्री बालकृष्ण खाँणको आग्रह, निर्वाचन विथोल्ने काम भए कडा कदम चाल्ने चेतावनी ।

५. सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको घोषणापत्र शब्दहरुको थुप्रो मात्र भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, निर्वाचनपछि एमालेबाहेक कुनै पनि दल राष्ट्रिय शक्तिको रुपमा आउन नसक्ने टिप्पणी ।

६. निर्वाचनलाइ लक्षित गरी प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको विवादास्पद अभिव्यक्ति, हेलिकोप्टरमा उडेर मत माग्न आउनेहरुलाई मात्रै मत दिन आग्रह, सामाजिक सञ्जालमा व्यापक आलोचना ।

७. निर्वाचन आयोगले कडाइ गर्दा पनि उम्मेदवारले छाडेनन् मतदाता लोभ्याउने काम, सुर्खेत–२ मा एमालेका उम्मेदवार अमृतबहादुर बिसीले एमालेले नजिते बृद्धभत्ता नपाइने भन्दै मागे मत, सामाजिक सञ्जालमा चौतर्फी आलोचना ।

८. हाम्रो नेपाली पार्टीले काठमाडौंका मेयर बालेन शाहको फोटो र नाम प्रयोग गरि मत मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, स्वतन्त्रबाट जितेका बालेनको कुनै पार्टीसँग आवद्ध हो वा होइन दुई दिनभित्र लिखित जवाफ पठाउन निर्देशन ।

९. कोरोना महामारीको कहर हटेसँगै नेपालमा सुस्ताएको पर्यटन व्यवसाय विस्तारै फस्टाउन थाल्यो, सन् २०२२ देखि यता १० महिनाको अवधिमा ४ लाख ७३ हजार बढी पर्यटक नेपाल भित्रिए ।

१०. बैंक तथा वित्तीय संस्थाले व्याजदर बढाएसँगै व्यवसायीदेखि सर्वसाधारणसम्म असन्तुष्ट, बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को घोषणा ।

११. पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टी, १७ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ५६२ पुग्यो ।

१२. गत अगष्टमा पार्टीमा नाचेको भिडियो सार्वजनिक भएसँगै छानबिनमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले पाइन् उन्मुक्ति, कर्तव्य पुरा गर्ने सवालमा मरिनमाथि गैरकानुनी आचरण गरेको आशंका गर्नुपर्ने कारण नरहेको चान्सलर अफ जस्टिस तोमस पोयस्तीको भनाइ ।

१३. रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु, ४ जना घाइते, घटनाबारे अनुसन्धान हुँदै, विस्तृत विवरण आउन बाँकी ।

१४. विभागीय टोली नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश, कर्णाली प्रदेश ४४ रनले पराजित ।

१५. र, अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनल पुग्ने निर्णायक खेलमा इंग्ल्यान्ड विजयी, श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड सेमिफाईनलमा प्रवेश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?