हेटौँडा आइपुग्यो निर्वाचन सामग्री

RSS
21
Shares
df]/ª,!% sflQsM dtbftf lzIff ;fdfu|L k|b]z g+ ! lgjf{rg sfof{no lj/f6gu/åf/f cfufdL dªl;/ $ ut] x’g] k|ltlglw / k|b]z;ef lgjf{rgsf nflu df]/ª lhNnfdf /x]sf !& kflnsfdf dªunaf/ k7fpg tof/L cj:yfdf /flvPsf] dtbftf lzIff ;fdfu|L . tl:a/ M dgf]h bfxfn÷/f;;

हेटौँडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सामग्री मकवानपुर आइपुगेको छ ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) का लागि प्रत्यक्षतर्फको मतपत्रसँगै अन्य सामग्री आज हेटौँडा आइपुगेको हो ।

निर्वाचन आयोगको कार्यालय काठमाडौंबाट ल्याइएको सो सामग्री नेपाली सेनाको टोलीले हेटौँडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज हस्तान्तरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ एक लाख ६८ हजार तथा क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ एक लाख ६६ हजार र प्रदेशसभातर्फ एक लाख ६७ हजार प्रत्यक्षतर्फको मतपत्र हेटौँडा आइपुगेको हो ।

समानुपातिकतर्फको मतपत्र भने केही दिनअघि नै आइपुगेको थियो । मकवानपुरमा ३६४ वटा मतदान केन्द्र रहेको छ भने कूल तीन लाख सात सय ३३ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?