२० माघ २०७९, शुक्रवार

बदर मत कम गर्न लमजुङमा नमुना मतदान

२०७९,कार्तिक,१९,शनिवार २०:३५

54
Shares

लमजुङ । लमजुङमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो । नमुना मतदानमा ३८ जना सहभागी भएका थिए । जसमा ९ मत पूर्ण रूपमा बदर भएको थियो भने २९ मत सदर भएको थियो ।

बेँसीसहरको वडा नम्बर ८ फूलबारीमा गरिएको नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो ।

नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ। यो निर्वाचनमा ८ वटै पालिकामा नमुना मतदान हुँदैछ । स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उदेश्यले नमुना मतदान कार्यक्रम गरिएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले बताए ।

जिल्लाका सबै पालिकामा नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए । सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् ।

कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील बैद्य,जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटा , सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी र स्थानीयको उपस्थिति थियो ।

प्रकाशित मिति: २०७९,कार्तिक,१९,शनिवार २०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको भन्दा कम खर्चमा यस पटकको निर्वाचन सम्पन्न गरेको बताएका

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गंगा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ । सोही

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२