थप १६ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
39
Shares

काठमाडौं । आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय ७६ नमूना परीक्षण गर्दा सो संख्या संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या पाँच सय ६२ छ । नेपालमा हालसम्म १० लाख सात सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।

खोप अभियान शुरु भएदेखि हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले एक मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?