साँच्चै रेस्लिङमा नाटक हुन्छ ? कुस्तीबाजहरू यसकारण गर्जिन्छन्

टेलिभिजनका पर्दामा हेर्दै डरलाग्दा, खाइलाग्दा ज्यानका कुस्तीबाजहरू गर्जिंदै लडेको धेरैले हेर्ने गरेका छन् । पहिलो पटक रेस्लिङ हेर्नेहरु त आत्तिने गर्छन् । ठम्याउनै गाहे हुन्छ, नाटक हो कि वास्तविकता । रेस्लिङको रिङ भित्र रेस्लरहरुले कुर्सी भाँच्चिने गरेर एक अर्कोलाई हानेको पनि देखिन्छ एक छिन् भुइँमा लड्छन् ।  फेरी उठेर विपक्षलाई हान्न उठ्छन् । यस्तो दृश्य देख्दा त अच्चम लाग्छ । न चोट लाग्छ न रगत बग्छ  । 

विश्वभर नै मानिसहरुमा रेस्लिङको क्रेज रहेको छ । सानो बालक देखि वृद्धा उमेरका मानिहरुले रेस्लिङ हेर्ने गरेको पाइन्छ । जोन सिन्ह, दि अण्डटेकर, विग सो, डेन्सि रडम्यान, त्रिप्ल एच, दि गेट्र खल्लि आदिको नाम नसुन्ने कम नै होला तर पुरुष रेस्लरको तुलनामा महिला रेस्लरहरुको खेल र के्रज त्यति हुने गरेको छैन् । 

महिला रेस्लरहरु गुमनाम नामहरु मध्यको एउटा चर्चीत नाम हो , क्याण्डी फोल्स । 

क्याण्डइस र्गग्यानो उनकोे पुरा नाम हो । तर, उनलाई रेस्लिङको रिङमा सम्बोधन गरिने नाम हो , क्याण्डी फोल्स । उनी यहि नामले परिचित पनि  छिन् ।

सेप्टेम्वर २९, १९८५ मा जन्मेकि फोलस डब्लूडब्लूूई को विकासशील क्षेत्र एनएक्सटीमा आवद्ध छिन् । उनी विशेष गरि अमेरिकन स्वतन्त्र सर्किट, प्रो रेस्लिङ गुरिल्लाले बढि चर्चामा छिन् । 

फोल्स एक समयको पिडब्लूजी कि विश्व ट्याग टोली च्याम्पियन हुन् । 

पदोन्नतिको इतिहासमा उनले मात्र महिला शीर्षक धारक बनाएकी छिन् । 

उनी रेस्लिङको शुरुवाती दिनमा दुई बर्ष इ.एफ.डब्लू र अन्तर्राष्ट्रिय रेस्लिङ काउन्सिलमा थिइन् । उनले आफने जीवनमा धेरै रेस्लिङको रिङमै बिताएकि छिन् । महिलाको च्याम्पेनसिपका उनले उत्कृट प्रर्दशन गर्दे आएकाले पनि उनी अरु भनदा बढि चर्चामा रहने गरेकी छिन् । 

सेप्टेम्वर, १६ २०१६ मा उनले रेस्लर जोनी र्गग्यानो सँग विवाह गरिन् । 

उने आफ्ने रेस्लिङ करिअरमा कहिले पनि महिला रेस्लर बन्न चाहिनन् तर उनी मात्र रेस्लर बन्न चाहन्थीन् । 

उनले बीबीसीमा दिएको एउटा अन्तवार्तामा भनेकी थिइन्, “म महिला रेस्लर भनेर चिनिन चाहदिन, मात्र रेस्लर भएर चिनिन चाहन्छु ।”

धेरैले उनी रेस्लर भएको विश्वास गर्ने गरेका छैनन । थोरैले मात्र पत्याउने गरेका छन् । 

उनले रेस्लिङलाई कला रुपमा पुज्ने गरेकी छिन् । 

“रेस्लिङ एउटा कला हो । यसको पात्र र कथालाई बुझ्न सक्नुपर्छ । अनि मात्र यस भित्रको पिडा, शक्ति, हाँसो, आँसु, चोट दुखाइ, भोगाई थाहा हुन्छ ।” उनी बताउँछिन् । 

रेस्लिङलाई उनले मनोरञ्जन, आशा र शक्तिको रुपमा बुझेकी छिन् । दृष्टान्त र गाहे समयको रमाइलोको रुपमा उनले रेस्लिङलाई परिभाषित गर्ने गरेकी छिन् ।  
रेस्लिङको रिङमा जानु भन्दा अगाडिको क्षण निकै कठिन हुने गरेको उनी बताउँछिन् । डर, चिन्ता, खुशि मिस्सीएको समय हो, त्यो । उनीहरुको  कपडा परिवर्तन गर्ने कोठाहरुमा उनीहरुको वास्तविक भावनाहरु हुन्छन् । त्यहाँ महिलाहरुले आफूमा सहास भर्छन् र आफूलाई उत्कृट पुष्टि गर्ने तयारी गरेका हुन्छन् । 

कति पल्ट रेस्लिङ पनि लिपिबद्ध गरिएका हुन्छन्, तर सधै घोषित भने हुदैनन् । चोट लाग्छ । दुख्छ । रगत बग्छ तर अन्त्यमा मिहेनत र हिम्मतको विजयी निश्चित छ । 

उनले रेस्लिङसँग प्रेम गरेकी छिन् र उनी महिला रेस्लरको लागि उदाहरण बन्न चहन्छिन् । उनी भन्ने गर्छिन्, “फाईट लाइक अ गर्ल !”  एजेन्सीको सहयोगमा ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?