डा. शेखर कोइरालाले सार्वजनिक गरे संकल्प प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालालेसंकल्प प्रस्ताव सार्वजनिक गरेका छन् । निर्वाचनलाई लक्षित गर्दै कोइरालाले संकल्प प्रस्ताव जारी गरेका हुन् ।

कोइरालाद्वारा जारी संकल्प प्रस्तावमा आर्थिक असमानता र गरिवी जस्ता चुनौतीको सामना गर्ने, शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ प¥याप्त सुधार गर्ने विषय उल्लेख गरिएको छ ।

‘युवा बेरोजगारीको समस्या डरलाग्दो बताइएको संकल्प प्रस्तावमा यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव नहुने उल्लेख छ । ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम ल्याउँदै गरेको पनि कोइरालाको संकल्प प्रस्तावमा बताइएको छ ।’

आफूले जिते मोरङको विशिष्ट राजनीतिक संस्कार र परम्पराको जित हुने र समग्र राष्ट्रलाई नै असल शासन र समुन्नतिको बाटोमा अघि बढाउने प्रतिवद्धता कोइरालाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?