२ लाख ५० हजार कित्ता अार्इपीअो ल्याउन गुराँस लघुवित्तले अाज साधारणसभा गर्दै

काठमाडाैं : गुराँस लघुवित्त वित्तीय संस्थाले २ लाख ५० कित्ता साधारण शेयर (अार्इपीअो) जारी गर्न अाज शनिबार साधारणसभा अायोजना गरेको छ ।

साधारणसभामा कम्पनीले जारी पूँजीको ३२.२६% बराबर हुन अाउने रकमबराबरको अार्इपीअो र हाल कायम चुक्ता पूँजीबाट २५% हकप्रद शेयर बिक्री गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । 

हाल कायम ६ करोड रूपैयाँ जारी पूँजीलार्इ ७ करोड ७५ लाख रूपैयाँ  पु-याउन गुराँसले अार्इपीअो जारी गर्न लागेको हो । हाल गुराँसको चुक्ता पूँजी ४ मरोड २० लाख रूपैएयाँ छ । 

अार्इपीअो जारी गरेपछि संस्थापक शेयर स्वामित्व ७०% बाट परिमार्जन गरेर ६७.७४% मा झारिने यो लघुवित्त कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?