बागबजारमा चुनावको चटारो (फोटोफिचर)

लोकपथ
13
Shares

काठमाडौं । मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि दलहरूको प्रचारप्रसारका लागि राजधानीको बाघबजार क्षेत्रमा प्रचार सामग्रीको छपाई व्यापाक रुपमा भई रहेको छ । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रचारप्रसार सुरु हुने भएपछि विभिन्न पार्टीका झण्डा बनाउन धमाधम बागबजार आसपास रहेका छापाखानाका व्यापारीहरूलाई भ्याइनभ्याई छ ।

उनीहरूले दिन–रात नभनी पार्टीका झन्डासँगै अन्य चुनाव प्रचारप्रसार सामग्री तयार पारिरहेका छन्। अरु बेला फुर्सदिला देखिने ब्यापारीहरु निर्वाचनको मिति नजिकिदै गर्दा निकै व्यस्त देखिन्छन् ।

बागबजार छेत्रका हरेक झन्डा ब्यापारीहरुले दैनिक ५ देखि ६ हजार पिससम्म विभिन्न पार्टीका झन्डा छाप्ने उनीहरु बताउछन् । उनीहरुले झण्डालगायत अन्य ब्याच, टोपी, जस्ता चुनावसँग सम्बन्धित सामानहरू पनि बनाइरहेका छन्।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?