इमरान खानका समर्थक इस्लामाबादको सडकमा, ट्राफिक व्यवस्था अस्तव्यस्त

लोकपथ
112
Shares
TOPSHOT – Supporters of former Pakistani prime minister Imran Khan, take part in a protest near the container truck a day after the assassination attempt on Khan, at the cordoned-off site of a gun attack in Wazirabad on November 4, 2022. – Pakistan’s former prime minister Imran Khan was recovering in hospital on November 4 after an assassination attempt that left him with a gunshot wound to the leg. (Photo by Aamir QURESHI / AFP)

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् ।

इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ । इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, ‘प्रदर्शनकारीहरूले ट्राफिकलाई बन्धक बनाएका छन्। प्रदर्शनकारीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरिएको छ। रावलपिंडी प्रशासनलाई रावलपिंडीको तर्फबाट ढुङ्गा प्रहार रोक्न बारम्बार अनुरोध गरिएको छ ।’

इमरानलाई बिहीबार साँझ वजिराबादको अल्लाहवाला चोकमा पुग्दा गोली प्रहार गरिएको थियो । कन्टेनरमा रहेका खानको खुट्टामा गोली प्रहार भएको थियो ।

पछिल्लो घटनाक्रममा पञ्जाब प्रहरीले गोलीबारीमा सात जना घाइते भएको र एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच, खानले आफूलाई चार पटक गोली हानेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?