अधिकांश मुद्राको विनिमयदर घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि १ अमेरिकी डलरको खरिददर ११५ रूपैयाँ ६० पैसा र बिक्रीदर ११६ रूपैयाँ २० पैसा तोकेको छ ।

युरो १ को खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५० रूपैयाँ ५६ पैसा र बिक्रीदर १५१ रूपैयाँ ३४ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ७९ पैसा र बिक्रीदर ८४ रूपैयाँ २२ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ २४ पैसा र बिक्रीदर १० रूपैयाँ २९ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १६ रूपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३० रूपैयाँ ८२ पैसा र बिक्रीदर ३० रूपैयाँ ९८ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कतारी रियाल १ को खरिददर ३१ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ९२ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६४ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ ७७ पैसा र बिक्रीदर २७ रूपैयाँ ९२ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ३९ पैसा र बिक्रीदर १० रूपैयाँ ४५ पैसा, कुवेती दिनार १ को खरिददर ३८० रूपैयाँ ७१ पैसा तथा बिक्रीदर ३८२ रूपैयाँ ६९ पैसा र बहरार्इन दिनार १ को खरिददर ३०६ रूपैयाँ ६४ पैसा तथा बिक्रीदर ३०८ रूपैयाँ २३ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

हिजो (शुक्रबार) र अाज (शनिबार) का लागि तोकिएको बिनिमयदर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?