विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक : सिके राउत

लोकपथ
39
Shares
df]/ª,!* sflQs -/f;;_M hgdt kf6L{sf s]Gb|Lo cWoIf l;s] /fpt lj/f6gu/–^ l:yt /fdk’/df z’s|af/ ck/fGx cfof]lht ;efnfO{ ;Djf]wg ub}{ . tl:a/ M dgf]h bfxfn ÷/f;;

मोरङ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् । विराटनगर–६ स्थित रामपुरमा आज अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे ।

उनले संघीयता स्वायत्ताका साथ लागु भएमा सुकुम्बासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हकअधिकारका लागि लड्ने यो पार्टीका उम्मेदवारलाई विजयी बनाई नीति निर्माण तह पु¥याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष राउतले युवाहरुलाई वैदेशिक हैन स्वदेशमै घरघरमा रोजगारी र मुलुकमा चमत्कार किसिमले विकासको पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अरुलाई धेरै पटक मौका दिए भने यस पटक आफ्नो पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?