एमालेबाट निर्वाचित वडा सदस्य रिजालसहित क्यौरिनीका सयबढी कांग्रेस प्रबेश

लोकपथ
65
Shares

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी(एमाले) बाट गत स्थानीय निर्वाचनमा बिदुर नगरपालिका वडा नम्बर ८ को वडा सदस्यमा निर्वाचित युवा सामाजिक कार्यकर्ता श्रीकृष्ण रिजालसहित क्यौरिनी गाउँका एकसय जना भन्दाबढी नागरिक नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

नुवाकोटको सामाजिक विकासको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै एमालेको राजनीतिमा सक्रिय रिजालसहित नवप्रबेशीहरुलाई शुक्रवार क्यौरिनीमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस केन्द्रीय सदस्य एवम् नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार अर्जुननरसिंह केसी र कांग्रेस केन्द्रीय सदस्य एवम् नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार बहादुरसिंह लामाले पार्टीमा स्वागत गरे ।

त्यसक्रममा कांग्रेस प्रबेश गरेका वडा सदस्य रिजालले मुलुकको समग्र विकास कांग्रेस नेतृत्वको गठबन्धनको जितबाट मात्र सम्भव रहेको निष्कर्षका साथ आफू नेपाली कांग्रेसमा समाहित भएको र गठबन्धनको जितका लागि सम्पूर्ण रुपमा क्रियाशिल रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय केसी र लामा, माओवादी पोलिट्ब्यूरो सदस्य बिमला सुबेदी, संबिधानसभा सदस्य एवम् कांग्रेस नेता जगदीश्वरनरसिंह केसी, माओवादी केन्द्रका नुवाकोट सह–ईञ्चार्ज एवम् बागमती प्रदेशसभाका निवर्तमान सदस्य हिरानाथ खतिवडा, नुवाकोट कांग्रेसका उपसभापति एवम् जिल्ला निर्वाचन परिचालन समितिका संयोजक राजु थापा, सहसंयोजक कल्पना रिमाल, कांग्रेस नेताहरु सुरेन्द्रराज अधिकारी, फैसिङ तामाङ, उमंगमान शाक्यलगायतले देशैभर गठबन्धनको पक्षमा देखिएको लहरले संघ र प्रदेशमा गठबन्धको स्पष्ट बहुमत सुनिश्चित गरिसकेको बताउँदै नागरिकको गठबन्धनप्रतिको सद्भावलाई सदैब सम्मान गरिने धारणा ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?