पैसावालको टिकट खोस्न राजपाका नेताहरु अनशनमा

काठमाडौँ, २ कात्तिक – पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ ।पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झा सहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन्, अन्नपूर्ण पोस्टमा खबर छापेको छ ।झाको नेतृत्वमा नेताहरु बुधबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् ।आफ्ना गोजीका व्यक्ति, पैसा बुझाउने अनि सामाजिक क्षेत्रमा बदनाम भएकाहरुलाई समानुपातिक र प्रदक्ष्य दुवैतर्फको टिकट वितरण गरेको उनीहरुको आरोप छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?