लुम्बिनी विकास बैंक लिमिटेड द्वारा टेलिभिजन हस्तान्तरण

लोकपथ
42
Shares

काठमाडौं । यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले लुम्बिनी विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकाको अनुरोधमा नुवाकोटको बट्टार बसपार्कमा राख्नको लागी टेलिभिजन उपलब्ध गराएको छ । बैंकको शाखा कार्यालय बट्टारमार्फत सो बसपार्कलाई शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोलले टेलिभिजन हस्तान्तरण गरेका हुन् ।

बिदुर नगरपालिका का नगर प्रमुख राजन लाल श्रेष्ठलाई ४३ इन्चको रङ्गिन टेलिभिजन एक थान र डिस होम एक थान बैंकको तर्फबाट प्रदान गरिएको हो । सो सामान हस्तान्तरण गर्नुभएकोमा नगर प्रमुखले लुम्बिनी विकास बैंकलाई धेरै धन्यवाद व्यक्त गरेको छ ।

साथै, उक्त सामान हस्तान्तरण समारोहमा युवा नेता निलम बाबु ढुंगेल, समाजसेवी बद्री त्रिपाठी, सुरक्षाकर्मी, पत्रकारलगायत, बैंकको बट्टार शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोल तथा देबीघाट शाखा प्रमुख रमेश कुमार नेपाललगायत अन्य व्यक्तिहरुको समेत उपस्थिती रहेको बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?