नेपाल बैंक र दराजबीच सम्झौंता

लोकपथ
39
Shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसर साथै दराजको ११ दशमलव ११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना यही कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ ।

बैंकका अनुसार यही कात्र्तिक १७ गते बिहीवार बैंकको प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११ दशमलव ११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?