लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त

काठमाडौं । अजय विक्रम शाह लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। 

सुदेश खालिङले कार्यकाल सकिएपछि अजयलाई प्रमुख कार्यकारीको रुपमा नियुक्त गरिएको हो ।  खालिङले लक्ष्मी बैंकले एभरेष्ट बैंकसँग मर्जरको आन्तरिक प्रकृया शुरु हुँदा तीन महिनाका लागि कार्यकाल नवीकरण गरेका थिए ।

अब शाह चार वर्षसम्मको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहनेछन् । 

बैंकले शाहलाई भित्रैबाट चयन गरेको हो । यसअघि सुमन जोशीले लक्ष्मी बैंक छाडेपछि सुदेशलाई भित्रैबाट प्रमुख अधिकृतको जिम्मेवारी दिएको थियो । 

स्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ जीवन शुरु गरेका शाहले विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत थिए । १० वर्ष स्यान्डर्ड चार्टर्ड बैंकमा बिताएका उनको कर्पोरेट रिलेसन राम्रो भएकाले एभरेष्ट बैंकसँग मर्जर हुन लागेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?